११ बैशाख २०८१, मंगलबार | April 23, 2024

फागुन १ गतेबाट विद्यालय खोल्न सरकारलाई सुझाव



काठमाडौं । कोभिड-१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द विद्यालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ ।

विद्यालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शिक्षा क्षेत्रका अधिकारी र सरोकारवालासँग छलफल गरेको छ । छलफलबाट प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सीसीएमसीको बैठक गरेर थप सिफारिश गरिने भएको छ ।

सीसीएमसीका प्रमुख तथा प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशीलाल लामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासङ्घका अध्यक्षा कमला तुलाधरलगायतको सहभागिता थियो ।

नेशनल प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार आधारमा आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सीसीएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने सुझाव दिइएको छ । यही माघ २५ गतेसम्म कोरोनाविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले निचोड निकालेको छ ।

काठमाडौं लगायत विभिन्न जिल्ला प्रशासन कार्यालयले यही माघ मसान्तसम्म विद्यालयलगायत सेवा बन्दको आदेश जारी गरेका छन् । तर, गोकर्णेश्वरलगायत नगरपालिकामा भने विद्यालय खोल्न थालिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ३८ बजे

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान