१४ बैशाख २०८३, सोमबार | April 27, 2026

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु



बुटवल । बुटवल उपमहानगरपालिका-२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १९ च ९१५७ नंको जिपले विपरीततर्फ दिशाबाट आउँदै गरेको आचार्य सवार लु २४ प २७५७ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : ४६ बजे

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

गलकोट । यहाँको काठेखोला गाउँपालिका-२ भिमपोखरा र वडा नं ४

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

बाँके । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र

सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

ढोरपाटन । यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष

रसुवागढी भन्सार : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा