काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ३८६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९ हजार २५१ जनामा गरिएको नमुना परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएका हुन् ।
नेपालमा यतिबेला कोरोना संक्रमण दर २० प्रतिशतभन्दा कममा झरेको छ ।
२४ घण्टाको बीचमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ११ जनाको मृत्यु भएको छ ।
आज देशभर ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।



















प्रतिक्रिया