२ पुस २०८२, बुधबार | December 18, 2025

बार्सिलोना र रियलको जित, एट्लेटिको पराजित



काठमाडौं । घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध सहज जितसँगै क्याटलन क्लब बार्सिलोना स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।

आइतबार राति क्याम्प नोउमा भएको खेलमा १-० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा पुनरागमन गर्दै ४-२ को जित निकालेको हो । जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको पाँचौ स्थानमा झरेको छ ।

बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाबी,रोनाल्ड अरौजो र डानी अल्भेसले १-१ गोल गरे । एट्लेटिकोका यान्निक कारास्सो र लुइस स्वारेजले १-१ गोल गरे ।

खेलको ६९ औँ मिनेटमा डानी अल्भेसले रातो कार्डको सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । जितसँगै बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ । एट्लेटिकोको समान खेलबाट ३६ अंक छ ।

राति नै भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडाबिरुद्ध घरेलु मैदानमा १-० को कठिन जित निकाल्यो ।

रियलको जितमा मार्को एसेन्सियोले ७४ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै रियल २३ खेलबाट ५३ अंक सहित शीर्ष स्थानमा यथावत छ । समान खेलबाट २४ अंक बनाएको ग्रानडा १६ औँ स्थानमा छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : २६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल