११ कार्तिक २०८३, बुधबार | October 28, 2026

एमसीसीमा प्रचण्डको दोहोरो भूमिका



काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी संशोधन नगरी संसद्बाट अनुमोदन नहुने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र दाहालले संयुक्त रूपमा एमसीसी मुख्यालयलाई लेखेको पत्रमा भने अर्कै भाषा प्रयोग गरेको पाइएको छ ।

सम्झौता संसद्बाट अनुमोदनका लागि सदनमा सकेसम्म चाँडै पेस गर्न संयुक्त रूपमा सभामुखलाई आग्रह गर्ने पत्रमा जनाइएको छ । तर, दाहालले सचिवालयमार्फत आइतबार साँझै उक्त पत्रबारे प्रष्टीकरण सार्वजनिक गरेका छन् । उक्त पत्रबारे राजनीतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नै पर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि मात्र पत्र लेखिएको जनाइएको छ ।

‘राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनैतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक उछाल्नुको अर्थ छैन’, स्पष्टीकरणमा छ । एमसीसी परियोजना परिमार्जनबिना पारित गर्नु हुँदैन भन्नेमा माओवादी दृढ रहेको जनाइएको छ । दाहालले यसअघि भने आफूले पत्र नलेखेको बताउँदै आएका थिए ।

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी बिनासंशोधन अनुमोदन गर्न नसकिने भनेर पार्टीको नीति नै बनाएका छन् । त्यसकारण पनि देउवालाई संसद्मा एमसीसी लैजाने वातावरण बनेको छैन । प्रधानमन्त्रीले हालै दाहाल र नेपालसँग कुन-कुन बुँदामा असहमति रहेको भन्दै लेखेर दिन भनेका थिए ।

माओवादी नेता देव गुरुङले एमसीसीका विषयमा सहमति र समझदारी नभएको बताए । ‘अब अतिकम समय हामीसँग बाँकी छ । त्यसैले चुनावपछि एमसीसीका विषयमा लागौं भन्ने अध्यक्षज्यूको प्रस्ताव थियो’, नेता गुरुङले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : ४६ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको