१८ माघ २०८२, आइतबार | February 1, 2026

प्रकाण्डले भने – एमाले प्रवेश गर्ने कुरा टाढाको हो, सोच्न पनि सकिँदैन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश गर्ने कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् ।

यस विषयमा केही सञ्चारमाध्यममा आएका समाचारका विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भने, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सोच्न पनि सकिँदैन ।’

उनले नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले नेकपाको सफलताबाट आत्तिएकाहरूको कुप्रचार मात्र भएको टिप्पणी गरे । उनले यस्तो कुप्रचार गर्नेहरूलाई जनताले कारबाही गर्ने चेतावनी पनि दिए ।

‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ । यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टहरूको कुप्रचार मात्र हो । यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : ३६ बजे

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी