४ पुस २०८२, शुक्रबार | December 19, 2025

रविको दुई गोलमा पुलिस विजयी



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा च्यासल युुथ क्लबलाई नेपाल पुलिस क्लबले २–१ को पराजित गरेको छ । रवि पासवानको दुई गोलले पुलिस क्लब विजयी बनाएको हो ।

पुलिसको जितमा रविले दुई गोल गर्दा च्यासलका मोसा अबागानाले सान्त्वना गोल गरे । रेलिगेसन जोनमा संघर्षरत च्यासलमाथि लगातार दबाब बनाएको पुलिसका लागि रविले पेनाल्टी बक्स बाहिरबाट सुन्दर गोल गरेका थिए । च्यासलका गोलकिपर अर्पण कार्की अगाडि बढेको अवस्थामा रविले ३७औँ मिनेटमा गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।

पुलिसविरुद्ध ५३औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै च्यासलका मोसा अबागानाले बराबरी गोल फर्काएका थिए । रुमेश बर्तौलालाई ५२औँ मिनेटमा पुलिसका कप्तान सुमन सुवेदीले पेनाल्टी एरियाभित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो ।

६५औँ मिनेटमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए । सुमन लामाले पेनाल्टी बक्समा दिएको ‘थ्रुु’ बलमा रविले च्यासलका कप्तान विराज महर्जनलाई बिट गर्दै सुन्दर गोल गरे । रविले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले बचाउन सकेनन् । ‘फिफा डे’का कारण बीचमा रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका यो साताबाट सुरु भएको हो । च्यासलका प्रशिक्षक अघिल्लो खेलमा मनाङबिरुद्ध पाएको रातो कार्डका कारण टच लाइनमा उभिन पाएनन् । यस्तै दुई खेल खेलेका कप्तान सन्तोष साहुखल समेत पुलिसबिरुद्ध उपस्थित भएनन् ।

च्यासलका १९ खेलाडीमा कोभिड(१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल आज भएको हो । यसअघि दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

यो सँगै नवौँ चरणको खेल समाप्त भएको छ । दशौँ चरणको खेल शुक्रवारबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : २४ बजे

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम