२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

रविको दुई गोलमा पुलिस विजयी



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा च्यासल युुथ क्लबलाई नेपाल पुलिस क्लबले २–१ को पराजित गरेको छ । रवि पासवानको दुई गोलले पुलिस क्लब विजयी बनाएको हो ।

पुलिसको जितमा रविले दुई गोल गर्दा च्यासलका मोसा अबागानाले सान्त्वना गोल गरे । रेलिगेसन जोनमा संघर्षरत च्यासलमाथि लगातार दबाब बनाएको पुलिसका लागि रविले पेनाल्टी बक्स बाहिरबाट सुन्दर गोल गरेका थिए । च्यासलका गोलकिपर अर्पण कार्की अगाडि बढेको अवस्थामा रविले ३७औँ मिनेटमा गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।

पुलिसविरुद्ध ५३औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै च्यासलका मोसा अबागानाले बराबरी गोल फर्काएका थिए । रुमेश बर्तौलालाई ५२औँ मिनेटमा पुलिसका कप्तान सुमन सुवेदीले पेनाल्टी एरियाभित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो ।

६५औँ मिनेटमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए । सुमन लामाले पेनाल्टी बक्समा दिएको ‘थ्रुु’ बलमा रविले च्यासलका कप्तान विराज महर्जनलाई बिट गर्दै सुन्दर गोल गरे । रविले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले बचाउन सकेनन् । ‘फिफा डे’का कारण बीचमा रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका यो साताबाट सुरु भएको हो । च्यासलका प्रशिक्षक अघिल्लो खेलमा मनाङबिरुद्ध पाएको रातो कार्डका कारण टच लाइनमा उभिन पाएनन् । यस्तै दुई खेल खेलेका कप्तान सन्तोष साहुखल समेत पुलिसबिरुद्ध उपस्थित भएनन् ।

च्यासलका १९ खेलाडीमा कोभिड(१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल आज भएको हो । यसअघि दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

यो सँगै नवौँ चरणको खेल समाप्त भएको छ । दशौँ चरणको खेल शुक्रवारबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : २४ बजे

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन साहको ऐतिहासिक जीत, केपी शर्मा ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका