१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध



जुम्ला । जुम्लामा तेस्रो पटक परेको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । यही माघ २० गते साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख सन्तोष भण्डारीले बताए ।

नाग्म–गमगडी सडकको जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झन्डै दुई फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । कालीकोट, जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलेबुलेमा बाक्लो हिउँ जमेको छ । हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको छ । उनका अनुसार घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ । तत्काल भने सडक खुल्ने सम्भावना छैन ।

सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनःअवरुद्ध भएको स्थानीयवासी बताउँछन् । जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । आज जुम्लालगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भइरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : ४२ बजे

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा

इतिहास र वर्तमान जोडेर मात्रै सुदृढ भविष्य निर्माण हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जसपा नेपालको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनलाई

जनयुद्ध दिवसमा शहीद तथा बेपत्ताका परिवार सम्मानीत

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल