२४ असार २०८३, बुधबार | July 8, 2026

कमल थापा पार्टीमा फर्किनेमा पशुपति शमशेर आशावादी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति समशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन् ।

बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै पूर्व अध्यक्ष समशेरले यस्तो बताएका हुन् । उनले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए । उनले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताए ।

पूर्व अध्यक्ष समशेरले भने, ‘यो अनपेक्षित घटना हो । उहाँको धेरै गुनासोहरु सार्वजनिक भइसकेको थियो । तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो । तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ ।’

पूर्व अध्यक्ष समेशरले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने धारणा रोख ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  २ : ४१ बजे

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।