१४ बैशाख २०८३, सोमबार | April 27, 2026

कांग्रेसको निस्कर्ष – गठबन्धन भत्किए पनि एमसीसी पास गर्नुपर्छ



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गठबन्धन भत्किएपनि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट यथाशीघ्र अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले जस्तोसुकै परिस्थितिमा पनि एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निस्कर्ष निकालेको हो।

बैठकपछि बाहिरिँदै केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले गठबन्धनको नाममा एमसीसीलाई अड्काउन नसकिने निस्कर्ष निकालिएको बताए । कोइरालाले गठबन्धन नरहेपनि एमसीसी पास गर्नुपर्ने निस्कर्ष बैठकले निकालेको जानकारी दिए ।

बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका विषयमा धेरै विवादित र विभाजित हुन आवश्यक नरहेको बताएका थिए । देउवाले एमसीसी नेपालको हितमा रहेको बताउँदै यसलाई पारित गर्नुपर्ने धारणा राखेका थिए । देउवाले एमसीसीबारे बोल्न केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई बोल्न समय दिएका थिए ।

देउवाले एमसीसीका विषयमा राम्रा नराम्रा विवरण आफुलाई दिन पनि महतलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ५ : १४ बजे

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको

दंगीशरण दरबार क्षेत्रमा मुख्यमन्त्री : पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकारको प्रतिबद्धता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा