२४ असार २०८३, बुधबार | July 8, 2026

हृदयश त्रिपाठीद्वारा नयाँ दल दर्ताका लागि निवेदन, यी हुन् पदाधिकारी



काठमाडौं । सूर्य चुनाव चिह्नबाट गत संघीय संसदको चुनावमा जित हातपारेका हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् ।

उनले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाच आयोगमा निवेदन दिएका हुन् । दल दर्ताका लागि त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवदेन दिएका छन् ।

उक्त पार्टीका महासचिव ईश्वरदयाल मिश्रका अनुसार पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षर र अन्य कागजातसहित दल दर्ताको निवेदन दिएका छन् । ३० सदस्यीय कार्यसमितिमा रहेका १५ जनाले सनाखतसमेत गरेका छन् भने अन्यले आइतबार गर्ने उनको भनाइ छ ।

जनता प्रगतिशील पार्टीको वरिष्ठ उपाध्यक्षमा डा।शिवजी यादव र तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ छन् । महासचिवमा मिश्रका साथै डा. भरतकुमार थापा रहेका छन् ।

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : १४ बजे

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको