४ पुस २०८२, शुक्रबार | December 20, 2025

गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो



पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै गाडी भाडा बढेको जनाएको छ । फागुन १ गतेदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएको प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा तोकिएको छ । त्यस्तै, जीपमा प्रतिकिलोमिटर साढे ५ रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

यससँगै सिटी बसमा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे २ रुपैयाँ भाडादर कायम गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको