२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

सहिद स्मारक ए डिभिजन लिग :  मछिन्द्र विजयी



काठमाडौं । रेलिगेसनबाट बच्न संघर्षरत च्यासल युथ क्लबविरुद्ध २–० को जितसहित मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा स्ट्राइकर विमल घर्तीमगर र सुनिल बलले गरेको गोल मछिन्द्रको सहज जितमा पर्याप्त बन्यो ।

मछिन्द्र १० खेलमा २६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा मात्र ५ अंक बटुलेको च्यासल अन्तिम स्थानमा छ । मछिन्द्रले दोस्रो स्थानको मनाङमाथि ७ अंकको अग्रता लिएको हो ।शनिबार नै हुने दोस्रो खेलमा मनाङले थ्री स्टार क्लबललाई हराएमा मछिन्द्रको अग्रता पुनः ४ अंकमा झर्नेछ ।

१६औँ मिनेटमा विमललको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । रक्षक रञ्जित धिमालको कर्नरमा विमलले हेडरमार्फत बललाई जाली चुमाएका थिए ।

३५औँ मिनेटमा सुनिल बलले विमलको पासमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । जारी लिगमा सुनिलको यो छैटौँ गोल हो ।

यसअघि १२औँ मिनेटमा पहिलो रोजाईका गोलकिपर अर्पन कार्की खुट्टाको चोटका कारण मैदानबाट बाहिरएपछि च्यासल निराश भएको थियो । विमलसँग जुध्दा अर्पन घाइते भएका थिए । उनको स्थानमा दोस्रो रोजाईका गोलकिपर प्रदिप भण्डारी मैदान प्रवेश गरेका थिए ।

६६औँ मिनेटमा मछिन्द्रका स्ट्राइकर मनिस डाँगी मैदानमा ढलेपछि खेल करिब सात मिनेट रोकिएको थियो । च्यासलका यानिक केइचासँग जुध्दा मनिस केही समय बेहोस भएका थिए । मैदानमै गरिएको प्राथमिक उपचारपछि होस आएपछि मनिसलाई अस्पताल पुर्याइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : १७ बजे

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन साहको ऐतिहासिक जीत, केपी शर्मा ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका