१६ बैशाख २०८३, बुधबार | April 29, 2026

जनयुद्धको जगमा प्राप्त राजनीतिक उपलब्धि सिध्याउने प्रयास भइरहेको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई परिमार्जन गरेर जानुपर्ने बताएका छन् । परिमार्जनको संकल्प जनयुद्ध दिवसकै अवसरमा गर्नुपर्ने पनि बताए ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा प्रचण्डले लोकतान्त्रिक अधिकारको रक्षा र संविधानकै रक्षाको निम्ति परिमार्जन आवश्यक रहेको धारणा राखे । उनले जनयुद्धको दिनलाई नयाँ संकल्प गर्न ऐतिहासिक दिन पनि भनेका छन् ।

‘आज जनयुद्ध दिवस मनाउनुनको तात्पर्य एकचोटी फेरि नयाँ संकल्प लिनुपर्ने, राष्ट्रियता स्वाधिनताको निम्ति र प्राप्त लोकतान्त्रिक अधिकारको रक्षाको निम्ति र संविधान अनि त्यहाँ राखिएका जनपक्षीय प्रावधानलाई अझ परिमाजर्न गरे जानुपर्छ ,’ अध्यक्ष प्रचण्डले भने, ‘ आजको दिनले हामी सबैलाई देशभरी रहेको क्रान्तिकारीहरूलाई एउटा नयाँ ऊर्जा प्राप्त गर्ने, नयाँ संकल्प गर्ने र नयाँ कमिटमेन्टको निम्ति आजको दिन ऐतिहासिक बनेको छ ।’

अध्यक्ष प्रचण्डले जनयुद्धको जगमा भएको जनआन्दोलनको समायोजनले नै नेपालका राजनीतिक दलहरूबीच नयाँ संकल्प, एकता, संविधानसभा र संघीय गणतन्त्रका निम्ति संघर्ष गर्ने आधारशीला खडा गरेको दाबी गरेका छन् ।

संघर्षले नै जनतालाई अधिकारसम्पन्न बनाउँदैै लगेको तर एक प्रवृत्तिका मान्छेलाई भने त्यो कुरा सुरुदेखि नै मन नपरेको बताए । त्यही कारण माओवादी कमजोर पार्ने र जनयुद्धको जगमा प्राप्त राजनीतिक उपलब्धि सिध्याउने प्रयास भइरहेको उनी बताउँछन् । जनयुद्ध सुरु गरेदेखि नै माओवादी आन्दोलन र नेतृत्वलाई बदनाम गराउन लागिपरेको र त्यो क्रम अझै नरोकिएको प्रचण्डले बताए ।

‘जनयुद्ध सुरु गर्दा देखि नै आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने अनेक षडयन्त्र भएका थिए, नेतृत्वलाई सम्पुर्ण रुपमा सखाप पार्ने भनेर टाउको काटने र झोलामा ल्याउने कुरा देख्यौं, भोग्यौं तर जनताको त्याग र बलिदानको प्रतिवद्धता अनुसार परिवर्तनको कारक बन्न हामी सफल भयौं,’ प्रचण्डले भने, ‘अहिले पनि नेतृत्वलाई बदनाम गराउन संघर्ष भिन्न रुपमा जारी छ, यो परिवर्तन उपलब्धी उल्टाउन नेतृत्वलाई के गरी बदनाम गराउन र सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन, एउटा बर्ग यही अभियानमा छ ।’ उनका अनुसार माओवादी नेतृत्वलाई कमजोर पार्न र बदनाम गराउन लागि परेको सो बर्गले एउटा मनशायले गरेको कामलाई अर्को मनशायले व्याख्या गरेर निरन्तर आक्रामण गरिरहेको छ ।

प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित गरेको भएपनि आरोप भने आफुलाई लागेको गुनासो समेत गरे । ‘कतिसम्म दुषप्रचार गरियो भने सदनको बैठक प्रचण्डको निर्देशनमा पहिला ६ दिन अनि अहिले १० दिन स्थगित गरिएको भनेर झुटो प्रचार गरियो, प्रचण्डलाई बदनाम गराउन अझै पनि लागिरहेका छन्,’ प्रचण्डले भने, सञ्चारमन्त्रीले हाम्रै अगाडि सभामुखलाई फोन गरेर बैठक स्थगित गराउन लगाउनु भयो, प्रचार चाँही मैले गरेको भनेर आयो ।’

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : २१ बजे

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको धानखोला-लमही सडक स्तरोन्नति सुरु

दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक

‘माननीय’ नलेख्न आफ्ना सांसदहरुलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूलाई लेटरहेड, भिजिटिङ

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि