६ श्रावण २०८३, बुधबार | July 22, 2026

मुटुको भल्ब फेर्ने, किड्नी ट्रासप्लान्ट र क्यान्सर बिरामीलाई लुम्बिनी प्रदेश सरकार २ लाख दिदै



बुटवल । लुम्बिनी प्रदेश सरकारले जटिल रोगको उपचारमा रहेका बिरामीलाई आर्थिक सहयोग गर्ने योजना कार्यान्वयन अगाडि बढाएको छ। मुटुको भल्ब फेर्ने, किड्नी ट्रासप्लान्ट र क्यान्सर विरामीहरुलाई २ लाख रुपैया बराबरको उपचार सहयोग गर्ने प्रदेश सरकारको निर्णयको कार्यान्वयन प्रक्रिया सुरु भएको छ ।

सरकारको घोषणा कार्यान्वयन स्वरुप आईतबार शुुशिल कोईराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी प्रमुख डा. कृष्ण प्रसाद आचार्य र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद गिरीबीच कार्यान्वयन पत्रमा हस्ताक्षर भएको छ। नारायणी पश्चिमको एकमात्र क्यान्सर अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई सूचिकृत गर्दै लुम्बिनी प्रदेशमा सरकारको निर्णय कार्यान्वयन प्रक्रिया अगाडी बढाएको हो ।

क्यान्सर अस्पताललाई सूचिकृत गरिएको जानकारी दिँदै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गिरीले नेपाल सरकारका ८४ अस्पतालमा यो सेवा उपलब्ध गराउने गरि प्रक्रिया अगाडि बढेको बताए। यसअघि संघ सरकारबाट क्यान्सरका बिरामीलाई १ लाख रुपैया सहयोग गर्दै आएको भन्दै उनले प्रदेश सरकारबाट समेत बिरामीहरुको उपचारका लागि थप २ लाख रुपैया सहयोग गरिने बताए।

अस्पतालका कार्यकारी प्रमुख डा. कृष्ण प्रसाद आचार्यले प्रदेश सरकारको आर्थिक उपचार सहयोगबाट महङ्गोमा उपचार गर्न बाध्य बिरामीलाई ठूलो राहत हुने बताए । उनले लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक मात्र क्यान्सर अस्पतालले आजैबाट निर्देशनालयको सिफारिसमा बिरामीहरुलाई २ लाख बराबरको उपचार सेवा दिने जानकारी दिए ।

१०० बेड रहेको सो क्यान्सर अस्पतालमा क्यान्सरको स्क्यानिङ, किमोथेरापी तथा जनरल शल्यक्रिया हुँदै आएको छ । आगामी वर्षबाट भने रेडियो थेरापी सहितको सम्पूर्ण क्यान्सरको उपचार हुने डा. आचार्यले बताए ।

उपचार प्राप्त गर्नका लागि त्यस्ता बिरामीले स्थानीय वार्ड पालिकाको सिफारिसमा प्रदेश निर्देशनालयबाट स्विकृत गराउनु पर्ने कार्यबिधिमा उल्लेख छ । सरकारले जटिल प्रकृतिका बिरामीहरुलाई २ लाख सम्म उपचार खर्च दिने निर्णय गरे पनि सो सुबिधा लिने प्रक्रिया भने झन्झटिलो रहेको सेवाग्रहीले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : ०९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क