२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

बराबरीमा रोकियो बार्सिलोना



काठमाडौं । इन्ज्युरी समयमा सब्सिच्युट फरवार्ड लुक डि जोङले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ । ‘क्याटलान डर्वी’ मा बार्सिलोनाले स्पान्योलसँग २-२ गोलको बराबरी खेलेको हो ।

तनावपूर्ण बनेको खेलमा घरेलु टोली स्पान्योल ९ तथा बार्सिलोना १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । आरसिडिइ स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीका सेर्गी डार्डेर र राहुल डि थोमसले गोल गरे । बार्सिलोनाका लुक डि जोङसँगै पेड्रीले गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै पेड्रीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए । ४० औं मिनेटमा सेर्डी डार्डेरले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५६ औं मिनेटमा पाब्लो गाभीले गोल गरेपनि मान्यता पाएन । ६४ औं मिनेटमा राहुल डि थोमसले सेर्गीको पासमा गोल गरेपछि बार्सिलोना खेलमा २-१ ले पछि परेको थियो ।

खेलको अन्त्यतिर तनावपूर्ण स्थिति सिर्जना हुँदा दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा विवादमा उत्रिएका बार्सिलोनाका जेरार्ड पिके र स्पान्योलका निको रिवाउडो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगा । ८८ औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका लुकले एडमा ट्राओेरेको पासमा गोल गरेका थिए ।

बार्सिलोना २३ खेलबाट ३९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान ३९ अंक नै रहेपनि एट्लेटिको म्याड्रिड गोल अन्तरमा पछि छ । पराजित स्पान्योल २४ खेलबाट २८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ८ : ०७ बजे

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन साहको ऐतिहासिक जीत, केपी शर्मा ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका