४ पुस २०८२, शुक्रबार | December 19, 2025

बराबरीमा रोकियो बार्सिलोना



काठमाडौं । इन्ज्युरी समयमा सब्सिच्युट फरवार्ड लुक डि जोङले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ । ‘क्याटलान डर्वी’ मा बार्सिलोनाले स्पान्योलसँग २-२ गोलको बराबरी खेलेको हो ।

तनावपूर्ण बनेको खेलमा घरेलु टोली स्पान्योल ९ तथा बार्सिलोना १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । आरसिडिइ स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीका सेर्गी डार्डेर र राहुल डि थोमसले गोल गरे । बार्सिलोनाका लुक डि जोङसँगै पेड्रीले गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै पेड्रीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए । ४० औं मिनेटमा सेर्डी डार्डेरले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५६ औं मिनेटमा पाब्लो गाभीले गोल गरेपनि मान्यता पाएन । ६४ औं मिनेटमा राहुल डि थोमसले सेर्गीको पासमा गोल गरेपछि बार्सिलोना खेलमा २-१ ले पछि परेको थियो ।

खेलको अन्त्यतिर तनावपूर्ण स्थिति सिर्जना हुँदा दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा विवादमा उत्रिएका बार्सिलोनाका जेरार्ड पिके र स्पान्योलका निको रिवाउडो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगा । ८८ औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका लुकले एडमा ट्राओेरेको पासमा गोल गरेका थिए ।

बार्सिलोना २३ खेलबाट ३९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान ३९ अंक नै रहेपनि एट्लेटिको म्याड्रिड गोल अन्तरमा पछि छ । पराजित स्पान्योल २४ खेलबाट २८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ८ : ०७ बजे

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम