८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

जीम हल जस्तै देखिने बुटवल सिद्देश्वर चौर



बुटवल । आज भोलि वुटवल वडा नं ७ को शिदेश्वर स्कुल ग्राउण्डमा विहान वेलुका शरीरिक व्यायाम गर्ने थलो बनेको छ । बुटवल उपमहानगरपालिकाको सुख्खानगर, दिपनगर र त्यस आसपासका बालक देखि बृद्द उमेरका स्थानीयबासी सिद्देश्वर मैदानमै ब्यायाम गर्न र बिहानीको हिँडाई गर्न आउने गर्दछन् । मैदानमा उपमहानगरले ब्यायामका बिभिन्न साधनहरु राखिदिएपछि बिहान ‘मर्निङवाक’ गर्ने र साँझ ‘इभिनिङवाक’ गर्नेहरुलाई ब्यायाम गर्न निकै सजिलो भएको छ ।

त्यहां दश वटा फरक फरक प्रकारको खेलकुदका सामाग्री जडान गरिएको छ ।

उक्त सामाग्री प्रयोग गरेर शारीरिक व्यायम गरिरहेकी मेनुका थापका अनुसार यी साम्राग्री भएपछि सवैले व्यायाम गर्न पाउने पैसा नभएकाहरुले पनि जिम हलमा जस्तै व्यायम गर्न पाउने भएका छन् । ‘उपमहानगरपालिकाले यस्ता खेलकुद ब्यायम गर्ने सामाग्री यसरी राखीदिदा मलाईलाई घेरैैैैैै खुशी लागेको छ,’ मेनुकाले भनिन्।

जसले पैसा तिरेर शारीरिक व्यायाम गर्न सक्दैनन् उनीहरुका लागि शारीरीक व्यायम गर्न वुटवल सिदेश्वर ग्राउण्ड बरदान नै साबित भएको छ ।

झिसमिसे विहान देखि नै सो ग्राउण्डमा युवा वृद्ध वृद्धा बालबालिका व्यायम गर्न पुगेका हुन्छन् भने साँझ पनि मैदानमा ब्यायाम गर्नेहरुको भिड लाग्ने गर्दछ ।

व्यायम गरीरहेकी वुटवल ७ की प्रमीला थापाले यस्ता सामग्री प्रयोग गरेर ब्यायम गर्दा आफ्नो शारीरीक स्वास्थ्य घेरै राम्रो भएको बताउँछिन् । ‘यहाँ व्ययाम गर्न थालेपछि हातखुट्टा ज्योर्नी दुखेको ढाड दुखेको सन्चो भयो,’ उनले भनिन् ।

वुटवल नगर खेलकुद परिषद तथा वुटवल नगरपालिका योजना आयोगका अध्यक्ष मेघराज भट्टराईका अनुसार गरिव गुरुवा निमुखा अशक्तहरुलाई लक्षित गरेर उक्त योजना ल्याएको र अहिले सम्म वडा नं ,१ ,१० ,४ , ६ मा यस्ता व्यायम सामग्रि राखी सकिएको जानकारी दिए । उनले अझै थप ६ वटा वडामा खेल सामाग्री राख्ने तयारी भहरहेको वताए ।

ब्यायाम गर्ने सामाग्री आफ्ना घर अगाडी टोलमा प्रयोग गर्न पाउँदा आफुहरुलाई धरै खुशी भएको स्थानिय यमकला घिमिरेले भनिन् । ‘मैले यस्तो विदेशको चौर देखेकी थिएँ, हाम्रो देशमा आफ्नै घर अगाडी देख्दा धेरै खुशी छु,’ यमकलाले खेल सामाग्री घुमाउदै भनिन् । -‘मेरो यो हात दुख्त्यो यहाँं आाएर यो घुमाए पछि दुख्न छोड्यो’

वडा नं ७ का वडा अध्यक्ष कमल थापाका अनुसार यी खेलकुदका सामाग्री यो ग्राउण्डमा राख्नु राम्रै भएपनि उचित ठाउं नराखेको गुनासो गर्छन् । ‘वाटोको छेउ खाली जग्गामा राखेको भए वाटो खाली जग्गाको पनि संरक्षण हुने थियो हामीलाई नसोधी राखेछन् ।’ थापाले असन्तुटी ब्यक्त गर्रदै भने ।

नगर खेल विकास समितिका अध्यक्ष नन्दु काउँँचाका अनुसार वुटवल नगरपालिकाका १० वटा वडामा यस्तै खेलकुद सामाग्री राख्ने योजना बनाएको बताए ।

जहाँ बिहान मर्निङ्ग वाक गर्न मान्छे धेरै हुन्छन् त्यो ठाउँमा यस्ता सामाग्री राख्ने योजना रहेको उनको भनाइ छ । ‘हात खुट्टा दुखेको ,जोर्नी दुखे ,जीउ ,ढाड दुखेकोहरु यी सामाग्रि वाट लाभान्वीत हुनेछन्’ उनले भने ।

मैदानमा राखिएका खेल सामाग्रीले ब्यायाम गर्ने स्थानीयलाई राहत पुगेपनि उपमहानगरले दिनहुँ फोहोर सफा गर्ने र फोहोर उठाउने व्यवस्था नगरिदिँदा मैदानमा फोहोरको डँगुर थपिँदै गएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १२ : ५३ बजे

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा

मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार