७ पुस २०८२, सोमबार | December 22, 2025

घरमा आगलागी, महिला गम्भीर घाइते



खोटाङ । आगलागीमा जल्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री गम्भीर घाइते भएकी छन् । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा आगोको ज्वालाले पोल्दा खत्री गम्भीर घाइते भएकी हुन् ।

आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्रीलाई आगोको ज्वालाले पोलेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।आगोको ज्वालाले भेट्दा अनुहार, हात लगायतका ठाउँमा जलेका खत्रीलाई उपचारका लागि गाउँपालिका अध्यक्ष राईले प्रयोग गरिरहेको गाडीमा हालेर विराटनगर पठाइएको छ ।

उनका श्रीमान अगमबहादुर खत्रीलाई गत २ असोजमा टुवा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो । खत्री दम्पत्तीका दुई छोरा रोजगारीका सिलसिलामा घर बाहिर छन् । श्रीमानको मृत्यु भएपछि उनी घरमा एक्लै बस्दैआएकी थिइन् । आगलागीमा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : ३१ बजे

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको