२४ असार २०८३, बुधबार | July 8, 2026

एमसीसी चीनविरुद्ध छैन, पारित नगरे ठूलो नोक्सान हुन्छ : रामशरण महत



काठमाडौं । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) चीनविरुद्ध नरहेको बताएका छन् ।

नयाँबानेश्वरस्थित संसदमा भवनमा मंगलबार बसेको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसी चीनविरुद्ध नरहेको बताएका हुन् ।

‘एमसीसी चीनविरुद्ध रहेको हल्ला फिँजाइएको छ,’ उनले भने, ‘यो चीनविरुद्ध छैन ।’

चीनको बीआरआईविरुद्ध र इन्डोप्यासिफिक रणनीतिअनुसार पनि एमसीसी नरहेको भन्दै नेता महतले एमसीसी नेपालकै हितमा रहेकाले यसलाई पारित गर्नुपर्नेमा जोड दिए ।

फागुनभित्र एमसीसी पारित नगरे देशले ठूलो आर्थिक नोक्सान व्यहोर्ने बताएका उनले एमसीसी नेपालकै कानुनअनुसार चल्ने पनि दाबी गरे ।

एमसीसी लागु भएमा नेपालमा अमेरिकी सेना आउने हल्ला निराधार र भ्रममात्र रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १२ : ४७ बजे

रुपन्देहीमा असार २८ गते “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुदैँ

बुटवल । सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने