६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

प्रदेश स्थापनाका अवसरमा गैडहवामा अतिक्रमण हटाएर वृक्षारोपण



बुटवल । लुम्बिनी प्रदेश स्थापनाको अवसरमा डिभिजन वन कार्यालय रुपन्देहीले गैडहवाको अतिक्रमित बन क्षेत्र खाली गराएर बृक्षरोपण गरेको छ । वन कार्यालयले राष्ट्रिय बन क्षेत्रमा बर्षौ देखिको अतिक्रमण हटाएर आज एक कार्यक्रमकाबीच बृक्षारोपण गरेको हो ।

गैडहवाको पोहवा मन्ठाधारी क्षेत्रमा अतिक्रमण भएको १२६ हेक्टर क्षेत्रमा अतिक्रमण हटाएर बृक्षरोपण गरिएको डिभिजन वन कार्यालय रुपन्देहीका डिएफओ वोधराज सुबेदीले बताए । स्थानीय पालिकाको सहयोगमा सुरुमा सम्झाई बुझाई र सहजरुपमा नमानेकालाई बल प्रयोग गरेर अतिक्रमण हटाईएको सुबेदीले बताए ।

बृक्षरोपणमा वन निर्देशक ईन्द्र प्रसाई, डिएफओ सुबेदी, प्रशिक्षण निर्देशक राजु क्षेत्री, प्रदेश प्रमुखका स्वकिय सचिव सुशिल पोखरेल लगायतले बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ गरेका थिए । कार्यक्रममा सहभागीहरुले १ हजार बढी बिरुवा रोपेको वन कार्यालयले जनाएको छ ।

डीएफओ सुबेदीका अनुसार रुपन्देहीमा राजनीतिक संरक्षणमा वन अतिक्रमण गर्ने प्रवित्ति बढी रहेको बताउँदै जिल्लामा वन क्षेत्र १९ प्रतिशतमा संकुचन हुन पुगेको बताए । राजनीतिक आडमा वन अतिक्रमण गरेर बस्ती बसाल्ने गरिएकाले वन संरक्षणमा चुनौती रहेको उनको भनाई छ ।

अधिकारीहरुले वृक्षारोपण गरिरहेका बेला सोही गाँउ पालिकाकी उपाध्यक्ष सुभावती यादवले भने ५० वर्ष पहिले देखि बसोबास गरेका र सुकुम्बासी समाधान आयोगबाट टोकन पाएका नागरिकहरुलाई समेत जबर्जस्ती हटाएर अन्याय गरेको खबरकुरालाई बताईरहेकी थिइन् । उनले अन्य पालिकाहरुमा पनि अतिक्रमण भएको तर गैडहवामा मात्र वन अधिकारीहरुको आँखा गएको भन्दै पीडितहरुले न्याय पाउनु पर्ने बताइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १० : ४१ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस