४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रदेश स्थापनाका अवसरमा गैडहवामा अतिक्रमण हटाएर वृक्षारोपण



बुटवल । लुम्बिनी प्रदेश स्थापनाको अवसरमा डिभिजन वन कार्यालय रुपन्देहीले गैडहवाको अतिक्रमित बन क्षेत्र खाली गराएर बृक्षरोपण गरेको छ । वन कार्यालयले राष्ट्रिय बन क्षेत्रमा बर्षौ देखिको अतिक्रमण हटाएर आज एक कार्यक्रमकाबीच बृक्षारोपण गरेको हो ।

गैडहवाको पोहवा मन्ठाधारी क्षेत्रमा अतिक्रमण भएको १२६ हेक्टर क्षेत्रमा अतिक्रमण हटाएर बृक्षरोपण गरिएको डिभिजन वन कार्यालय रुपन्देहीका डिएफओ वोधराज सुबेदीले बताए । स्थानीय पालिकाको सहयोगमा सुरुमा सम्झाई बुझाई र सहजरुपमा नमानेकालाई बल प्रयोग गरेर अतिक्रमण हटाईएको सुबेदीले बताए ।

बृक्षरोपणमा वन निर्देशक ईन्द्र प्रसाई, डिएफओ सुबेदी, प्रशिक्षण निर्देशक राजु क्षेत्री, प्रदेश प्रमुखका स्वकिय सचिव सुशिल पोखरेल लगायतले बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ गरेका थिए । कार्यक्रममा सहभागीहरुले १ हजार बढी बिरुवा रोपेको वन कार्यालयले जनाएको छ ।

डीएफओ सुबेदीका अनुसार रुपन्देहीमा राजनीतिक संरक्षणमा वन अतिक्रमण गर्ने प्रवित्ति बढी रहेको बताउँदै जिल्लामा वन क्षेत्र १९ प्रतिशतमा संकुचन हुन पुगेको बताए । राजनीतिक आडमा वन अतिक्रमण गरेर बस्ती बसाल्ने गरिएकाले वन संरक्षणमा चुनौती रहेको उनको भनाई छ ।

अधिकारीहरुले वृक्षारोपण गरिरहेका बेला सोही गाँउ पालिकाकी उपाध्यक्ष सुभावती यादवले भने ५० वर्ष पहिले देखि बसोबास गरेका र सुकुम्बासी समाधान आयोगबाट टोकन पाएका नागरिकहरुलाई समेत जबर्जस्ती हटाएर अन्याय गरेको खबरकुरालाई बताईरहेकी थिइन् । उनले अन्य पालिकाहरुमा पनि अतिक्रमण भएको तर गैडहवामा मात्र वन अधिकारीहरुको आँखा गएको भन्दै पीडितहरुले न्याय पाउनु पर्ने बताइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १० : ४१ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ