२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

रोनाल्डोको गोलमा युनाइटेड शीर्ष चारमा उक्लियो



काठमाडौं । ब्राइटनविरूद्ध २-० अन्तरको जितसँगै म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ ।

बुधबार बिहान भएको खेलमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजको गोलसँगै १२ औं जित निकालेको युनाइटेड शीर्ष चारमा उक्लिएको हो ।

१० खेलाडीमा सिमित ब्राइटनविरूद्ध रोनाल्डोले ५१ औं मिनेटमा अग्रता दिलाए । ब्रुनोले ७ मिनेटको इन्जुरी समयमा गोल थप्दै घरेलु मैदानमा सहज जित दिलाए ।

खेलको ५४ औं मिनेटमा लेविस डुन्कले रातो कार्डको सामना गर्दा भ्रमणकारी टोली ब्राइटन १० खेलाडीमा सीमित रह्यो ।

जितसँगै युनाइटेड २५ खेलबाट ४३ अंक सहित चौथो स्थानमा उक्लियो । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ ।

२५ खेलबाट ६३ अंक बनाएको सहरी प्रतिद्वन्दी म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ५९ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका