८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

एमसीसीको विरोधमा माओवादी र एकीकृत समाजवादीका जनवर्गीय संगठन सडकमा



काठमाडौं । एमसीसीको विरोधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन् ।

सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरिरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दोलन घोषणा गरेका हुन् ।

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले ुयथास्थितिमा एमसीसी टेबल गर्ने कदमविरुद्धु संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम छ । अनेरास्ववियु क्रान्तिकारीका नेताहरुका अनुसार बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद भवनसम्म प्रदर्शन गरिनेछ ।

त्यस्तै, एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसिसीविरुद्ध संसद भवन घेराउ गर्दैछ ।

एमसीसीबारे रणनीति तय गर्न आज बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।

अन्य दल र समूहको पनि प्रदर्शन

एमसीसीविरुद्ध आज अन्य दल र समूहले पनि प्रदर्शन गर्ने भएका छन् । एमसीसीकै विरोधमा आज नेपाल बन्दको घोषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशभर प्रदर्शन गर्ने कार्यक्रम छ ।

उपत्यकामा दिउँसो १२ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन हुने नेताहरुले बताएका छन् ।

त्यस्तै ‘एमसीसीविरुद्ध जनआन्दोलन(२०७८) ले एमसीसी सम्झौता विरुद्ध बिहान ११ बजे माइतीघरदेखि संसद भवनसम्म प्रदर्शन गर्ने कार्यक्रम छ ।

पूर्वसुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले बिहान साढे ११ बजे माइतीघरमा एमसीसीको विरोधमा मौन जुलुस गर्ने कार्यक्रम छ ।

‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ले पनि दिउँसो १२ बजे माइतीघरमा विरोध प्रदर्शन गर्दैछ । राप्रपाका भातृ संगठनले पनि दिउँसो १२ बजे बबरमहलदेखि संसद भवनसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

 

बाबुराम भट्टराईको टिप्पणी : एमसीसीका विरोधी र समर्थक एउटै सरकारमा बस्न मिल्दैन

सत्ता गठबन्धनका नेतासमेत रहेका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी अनुदान परियोजना एमसीसीको विरोधी र समर्थकहरू एउटै सरकारमा बस्न नमिल्ने बताएका छन् ।

गठबन्धनको सरकार छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा रहकामध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले विरोध प्रदर्शन गर्ने भएपछि भट्टराईले टिप्पणी गरेका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन् –‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन(सरकारमा बस्न मिल्दैन ।’

‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन। भेडा, भेडासँग बाख्रा, बाख्रासँग हुनु राम्रो’, उनले भनेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ४८ बजे

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा

दाङ पुगेर रविले भने- मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई

वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाद्वारा अभद्र व्यवहारको भर्त्सना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब

नेकपा एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)

बुटवल । प्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले