४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमसीसी सम्झौता विरुद्ध उभिने माओवादीको निर्णय, जबरजस्ती अघि बढाए सरकारबाट बाहिरिने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकले यथास्थितिमा एमसीसी सम्झौता संसदमा पेश गरिए त्यसको विपक्षमा उभिने निर्णय गरेको हो ।

बैठकले यथास्थितिमा एमसीसी पास गर्न नसकिने निष्कर्ष निकालेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक देव गुरुङले संशोधनविना एमसीसी पास गर्न नसकिने स्पष्ट पारे । उनले भने, ‘एमसीसीमा रहेका असमान शर्तहरु, असमान प्रावधानहरु संशोधन नगरी यथास्थितिमा यसलाई अगाडि बढाउन सकिदैन,’

संसद बैठक आजै दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने सरकारको तयारी छ । गुरुङले सहमति विना जबरजस्ती संसद बैठकमा पेश भए सरकारबाट बाहिरिने बताए ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : २३ बजे

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त