८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

कार्यव्यवस्थामा कांग्रेसका मन्त्रीले भने- एमसीसी सरकारको प्रस्ताव, माओवादी र नेकपा एसका नेताले भने- होइन कांग्रेसको मात्र प्रस्ताव



काठमाडौं । एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेस गर्न जोडबल गरेका थिए तर उनी त्यसमा सफल हुन सकेनन् । गठबन्धनका दलहरुले नै एमसीसीको विपक्षमा निर्णय गरेपछि देउवा संकटमा परेका हुन् ।

बुधबार प्रतिनिधि सभाको बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समिति बैठकबाट कार्यसूचीमा एमसीसी सम्झौता राख्न सरकारले जोडबल गरेको थियो ।

मंगलबार तय भएको सम्भावित कार्यसूचीमा नरहेको विषयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । त्यसमा गृहमन्त्री बालकृकष्ण खाड र कांग्रेस सचेतक पुष्पा भुसालले पनि जोड गरेका थिए ।

बडुले एमसीसी संसदमा टेबल गर्ने सरकारको प्रस्ताव रहेको बैठकमा बताए । तर , तत्कालै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले आपत्ति जनाए । एमसीसीको प्रस्ताव कार्यूचीमा राख्ने सरकारको प्रस्ताव नभएर कांग्रेसको भएको उनीहरुको भनाइ थियो ।

बैठकमा गुरुङले भने, ‘ यो गठबन्धनको सरकार हो र यसबारे गठबन्धनले केही निर्णय गरेको छैन । त्यसैले एमसीसीको प्रस्ताव कांग्रेसको हो ।’

प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी पार्टी अनुपस्थित बैठकले एमसीसी कार्यसूचीमा राखेन ।

बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्ध गरिरहेकाले अवरोध हटेपछि मात्र एमसीसी संसदमा टेबल गर्न मिल्ने अडान राखे । बैठकपछि गुरुङले भने, ‘सदन सञ्चालन नहुँदा सन्धी, सम्झौता र विधेयहरु अगाडि बढाइन मिल्दैन यो संसद्को अभ्यास हो।’

त्यस्तै एकीकृत समाजवादीका सचेतक श्रेष्ठले अवरोधकाबीच एमसीसी टेबल हुँदा सांसदहरुले यसबारे धारणा राख्न नपाउने भएपछि टेबल गर्नुको औचित्य नहुने बताए । जनताको अत्याधिक चासो भएको विषमा संसदमा छलफल नहुने कुरा उपयुक्त नभएको उनको भनाइ थियो ।

त्यस्तै गुरुङले टेबल गर्न राष्ट्रिय सहमति जुटाउन आवश्यक रहेको बताए । एमसीसी अघि बढाउन संविवधानमा व्यवस्था नरहेको र दूरगामी प्रभाव पार्ने विषयमा पास गर्न राष्ट्रिय सहमति आवश्यक हुने उनको भनाइ थियो ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : २६ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा