४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

हङकङमा कोभिडको पाँचौ लहरः संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त



एजेन्सी । कोभिड-१९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् ।

हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार मात्र ४ हजार २८५ नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घन्टामा कोभिडका कारण एक तीन वर्षीया बालिकासहित नौ जनाको मृत्यु भएको छ । विज्ञहरुले हङकङमा दैनिक संक्रमितको संख्या २८ हजारसम्म पुग्ने सावधानी दर्शाएका छन् ।

एउटा दुर्लभ हस्तक्षेपमा चिनियाँ राष्ट्रपति सी जिनपिङले संक्रमण नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय चाल्न हङकङका स्थानीय नेतालाई अनुरोध गरेका छन् ।

जिनपिङको टिप्पणी चीनको विशेष प्रशासनिक क्षेत्रमा कठोर नियन्त्रणको संकेत गरेको छ । सामूहिक परीक्षण र लकडाउन बिना नै हङकङ सरकारले चीनमा जस्तै शून्य कोभिड नीति लगाउने तयारी गरेको छ ।

महामारी सुरु भएपछि अहिलेसम्म २६ हजार संक्रमित भएका छन् भने २०० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : ५२ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन