४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिड्नीमा सन् १९६३ पछिको डरलाग्दो घटना, सार्कले खायो पौडीबाजलाई



सिड्नी । अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा सार्कको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । सिड्नीमा सन् १९६३ पछि पहिलो पटक सार्कको आक्रमणमा पौडी खेल्ने व्यक्तिको मृत्यु भएको हो ।

मालबार नजिक लिटल बे नजिक बुधबार मानिसको अवशेष फेला परेपछि आपतकालीन सेवा बोलाइएको थियो ।

न्यु साउद वेल्स राज्यका अधिकारीहरुले पीडितको नाम सार्वजनिक गरेका छैनन् । यसबारे थप अनुसन्धान सुरु गरिएको छ । लिटल बे र नजिकका अन्य समुद्री किनाराहरु बन्द गरिएका छन् ।

स्काई न्युज अस्ट्रेलियाका अनुसार बुधबार स्थानीय समयअनुसार दिउसो साढे ४ बजे सार्कले आक्रमण गर्दा सो क्षेत्रमा दर्जनौ मानिसहरु पौडी खेलिरहेका थिए ।

त्यस्तै, केही मानिसहरुले माछा नजिकको ढुंगामा माछा मारिरहेका थिए । ‘केही व्यक्तिहरु पौडी खेलिरहेका थिए, त्यसैबेला सार्क आएर उसलाई आक्रमण गर्यो’, एक जना साक्षीको भनाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ ।

‘हामीले चिच्याहट सुन्यौं र फर्कियौं । एउटा कार पानीमा झरेको जस्तो देखिएको थियो,’ उनले भने ।

त्यसबेला चट्टानमा माछा मारिरहेका अर्का व्यक्तिले एबीसी न्यूजलाई भने—पौडीबाज पहिले चिच्याइरहेको थियो । जब ऊ तल गयो त्यहाँ धेरै छर्राहरू थिए । उनले थपे, ‘उनी रमाइलोका लागि पौडी खेल्न गएका थिए, तर सार्कले उनको ज्यान लियो ।’

घाइतेलाई विपत्तिजनक चोटपटक लागेको र त्यहाँ चिकित्सकले केही गर्न नसक्ने न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले जनाएको छ । एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : ४५ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ