१५ भदौ २०८३, सोमबार | September 1, 2026

केपी ओली, ईश्वर पोखरेल सहितका एमाले नेताहरु विरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओली, योगेश भट्टराई सहितका नेताहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको आरोप सहित उजुरी दिएको छ । अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको छ ।

अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरी अखिलका नेताहरुको टोलि बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर बुझाएका छन् ।

उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दी भन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख गरिएको छ । सो प्रकरणमा तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल तथा सो घटनामा सम्न्धित अन्य अधिकारीहरुलाई पनि कारबाहीको माग गरिएको छ।

यस्तै उजुरीमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन रक्षा मन्त्री तथा तत्कालिन सीसीएमसीका संयोजक ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ओम्नीसँगको अनियमितता प्रकरणमा मुछिएकाले निजहरुमाथि छानविन गरी भ्रष्टाचारमा कारबाही गर्न माग गरिएको छ। यस्तै अस्खितायारमा दर्ता भएको उजुरीमा भिजिट नेपाल २०२० को नाममा राज्यकोषको करोडौं रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईमाथि पनि छानबिनको माग गरिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १ : ४७ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,