७ पुस २०८२, सोमबार | December 22, 2025

आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीले पाउला प्रवेश ?



काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदको दशौँ अधिवेशनको पाँचौँ बैठक आज बस्न लागेको हो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने तय छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व.२०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा पनि छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन । यसअघि बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसिसी आज संसदमा टेबल नगर्ने निर्णय गरेको थियो।

सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी भने त्यसको विपक्षमा उभिएका छन । लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । जसअनुसार आज पनि एमालेको अवरोधले निरन्तरता पाउने बलियो सम्भावना रहेको छ ।

संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ । संसदको अवरोध खुलाउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

त्यसअघि, आजै बिहान सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको पनि बैठक बस्दैछ । बैठकले एमसीसीलगायतका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ३३ बजे

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ