१६ भदौ २०८३, मंगलबार | September 1, 2026

माओवादी सरकारबाट बाहिरिन तयार, एकीकृत समाजवादीले स्थायी कमिटीबाट निर्णय लिने



काठमाडौं । प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।

नेताहरूले गठबन्धनको बैठकमा प्रस्तुत हुने धारणाबारे छलफल गरे ।

माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निस्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ ।

जसपाले ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् ।

एमसिसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा छन् । गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । यसअघि नै एमसिसीको विरोध गरेको सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : ०१ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,