काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी ममिटीको १०औंँ बैठक बसिरहेको छ ।
बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल भैरहेको छ ।
शुक्रबार बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शनिबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक भएका कारण आइतबारसम्म कुनै निर्णय नगर्न प्रधानमनत्री देउवालाई आग्रह गरेका थिए ।
एमसीसीका विषयमा सत्ता साझेखार रहेर पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धन नै जोखिममा रहेको छ ।
यथास्थितिमा एमसीसी अघि बढाउनै नसकिने यो पार्टीका वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरुले अडान राख्दै आएका छन् । तर, अध्यक्ष नेपाल भने गठबन्धनलाई जोगाउन सक्ने उपायको खोजीमा छन् ।



















प्रतिक्रिया