१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

१ वैशाखमा गौतमबुद्ध विमानस्थलको शुभारम्भ हुन्छ : नागरिक उड्डयन मन्त्री आले



बुटवल । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी १ वैशाखदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरिने बताएका छन् । १५ फागुनसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि १ वैशाखदेखि नयाँ विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरिने मन्त्री आलेको भनाइ छ ।

विमानस्थलको निरीक्षण गर्न शनिबार भैरहवा आएका मन्त्री आलेले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजाबाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने जानकारी दिए । उनले यान्त्रिक परीक्षण उडानको मिति १५ फागुनका लागि तोकिएको भए पनि त्यसअघि नै गर्न पाउँदा खुशी लागेको बताए ।

५६ दिनमा क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आउने भए पनि आफूले विमानस्थल आयोजना तथा एरो थाई कम्पनीका परियोजना निर्देशक तथा नेपाल प्रतिनिधिलाई अहोरात्र खटेर ४२ दिनमै रिपोर्ट पेश गर्न अनुरोध गरेको उनले बताए ।

अब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने उनकोे भनाइ छ । उनले विमानस्थलको दोस्रो चरणको कामका लागि अर्थमन्त्रीसँग कुराकानी भैरहेको पनि बताए । दोस्रो चरणअन्तर्गत बन्ने दोस्रो टर्मिनल भवनका लागि छिटै टेण्डर प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए ।

लुम्बिनी विकास गुरुयोजनाको काम १९ प्रतिशत रहेको र बाँकी रहेका काम सम्पन्न गर्न अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर अगाडि बढाउने मन्त्री आलेको भनाइ छ । अब छिटै गुरुयोजनाका बाँकी काम सम्पन्न गरिने पनि उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ५ : २६ बजे

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै