२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

मितब्ययी, भयरहित र मित्रवत प्रतिष्पर्धात्मक आवधिक निर्वाचनले लोकतान्त्रिक व्यवस्थाको संस्थागत हुने



बुटवल । लोकतन्त्रमा मितब्ययी, भयरहित र मित्रवत प्रतिष्पर्धात्मक आवधिक निर्वाचनले लोकतान्त्रिक व्यवस्थाको संस्थागत बिकास गर्ने सरोकारवालाले बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा ‘प्रविधिमैत्री, मितब्ययी, अहिंसात्मक तथा मित्रवत प्रतिष्पर्धात्मक निर्वाचन : राष्ट्रको आवस्यकता’ बिषयक अन्तरसंबाद कार्यक्रममा बोल्ने वक्ताहरुले लोकतन्त्रलाई संस्थागत गर्न आवाधिक निर्वाचन अनिवार्य विषय भएको बताए । उनीहरुले मितब्ययी, भयरहित र मित्रवत प्रतिष्पर्धाले लोकतन्त्रलाई बलियो बनाउने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका शहरी तथा ग्रामीण बिकास एबम पर्यटन मन्त्री डिल्लिबहादुर चौधरीले लोकतन्त्र, मानव अधिकार र आवाधिक निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले लोकतन्त्रमा मित्रवत प्रतिष्पर्धा हुनुपर्नेमा कहिलेकाहीँ अस्वस्थ प्रतिष्पर्धा हुने गरेको बताउँदै त्यसलाई न्युनिकरण गर्न सबै दलहरुको भूमिका रहने स्पष्ट पारे ।

कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न समेत सरकारलाई सुझाएका थिए। केन्द्रिय सभापति गोबिन्द खनालको अवधारणा प्रस्तुती, जिल्ला सभापति डिपि खनालको सभापतित्व तथा सचिव कपिल ज्ञवालिको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ५६ बजे

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम