९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

फेरि वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले फेरि पश्चिमी न्यून प्रणालीको प्रभाव परेकाले देशका पहाडी भू-भागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आगामी तीन दिन पश्चिमी न्यून प्रणालीको प्रभाव रहने भएको छ । यसको प्रभावले पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुनेछ ।

सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने महाशाखाको आकलन छ ।

मंगलबार दिउसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ८ : ४४ बजे

बुटवल ईलिटमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम

बुटवल । बुटवलको शैक्षिक विकासमा योगदान दिएको नीजि क्षेत्रकै पुरानो

सुदूरपश्चिममा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुदूरपश्चिम । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार

नेपाल पत्रकार महासंघ रुपन्देहीको अपिल : निर्वाचनमा पत्रकारलाई भयरहित वातावरण सुनिश्चित गरियोस्

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले भय रहित बातावरणमा आसन्न

घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका