काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गर्दैछन् ।
नारावाजीकै बीचमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई बोल्न दिएका छन् ।
गुरुङले सदन अवरुद्ध भएको अवस्थामा एमसीसी जस्तो राष्ट्रिय महत्वको विषयको प्रक्रिया अघि बढाउन नहुने जिकिर गरे । सन्धी ऐन अनुसार समेत विपरित रहेको एमसीसी राजनीतिक दलहरुको बीच सहमति नहुट्दा यो प्रक्रियाप्रति आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको जनाएका छन् । होहल्लाकै बीचमा छलफल अघि बढाउन सकिदैन । त्यसैले सदन खुलाउने प्रक्रिया अघि बढाउन सरकारको ध्यान आकृष्ट गरेका छन् ।
गुरुङ लगत्तै बोलेका एमालेका भीम रावलले पनि राष्ट्रिय स्वाधीनता विपरितको एमसीसी अघि बढाउन नहुने बताए ।



















प्रतिक्रिया