१२ बैशाख २०८१, बुधबार | April 25, 2024

‘जाउ है पोखरा’ भन्दै पर्यटक बोलाउन पोखराका पर्यटन व्यवसायी बुटवलमा



बुटवल । पोखराका पर्यटन व्यवसायीहरु पर्यटक बोलाउन बुटवल पुगेका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको दुई दशक देखिको अभियान ‘जाउ है पोखरा’ लाई निरन्तरता दिँदै व्यवसायीहरु पर्टटक बोलाउन बुटवल पुगेका हुन् ।

‘जाउ है पोखरा’ अभियानको टोलीले सोमबार बुटवल पुगेर सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कोभिड १९ को संक्रमणका कारण जटिल समस्यामा परेको पर्यटन क्षेत्र उकास्नका लागि ‘कोभिडसँगै पर्यटन व्यवसाय’ भन्ने नाराका साथ अभियान थालिएको अभियान टोलिले जानकारी दिएका छन् । अन्तरक्रियामा सहभागि वक्ताहरुले ‘जाउ है पोखरा’ अभियान महत्वपुर्ण हुने बताएका थिए ।

कार्यक्रममा बोल्दै अभियानका संयोजक विकल तुलाचनल बुटवलबाट शुरु भएको अभियान हेटौडा, विरगंज, चितवन लगायत शहरमा फागुन ८ गतेदेखि ११ गतेसम्म संचालन हुने जानकारी दिए । पोखरामा भएका नयाँनयाँ गन्तब्यहरुको खोजी भएको र त्यसको बारे समेत जानकारी दिने काममा अभियान सहयोगसिद्घ हुने दाबी उनले दाबी गरे । पछिल्लोसमय नेपालका अधिकास मुख्य शहरसंग पोखरा हवाईमार्गबाट जोडिएको भन्दै उनले यसबाट पर्यटकहरुलाई फाईदा मिल्ने बताए ।

बन्जी, प्याराग्लाईडिङ, हाईकिङ, साईक्लिङ, केबलकार लगायत साहसिक खेलहरुको कारण पनि पोखरा पर्यटकको आकर्षक बन्न सफल भएको उनले बताए । उनले फेवा नववर्ष महोत्सवमा आमन्त्रण गर्ने रुपमा आफुहरु अभियान चलाएको बताए ।

लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्रालयका सचिव महेश न्यौपानेले ‘सेभ द कल्चर, सेल द कल्चर’ लाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको जानकारी दिए । समुदायका मानिसहरुलाई अग्रसर गराएर यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने गरि कल्चरल भिलेज अवधारणा ल्याउदा सफलता मिल्ने भन्दै यो धेरै महत्त्वपूर्ण हुने अपेक्षा गरे ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेचर, कल्चर र एडभन्चरका बारेमा जानकारी दिने काम २ दशकदेखि गर्दै आएको भन्दै प्रविधिमैत्री पर्यटन विकासमा अघि बढेको बताए । उनले आन्तरिक पर्यटक नै दिगो पर्यटक भएको भन्दै पोखरामा अहिले ३ प्रतिशतबाट ५० प्रतिशत पुगेको बताए । संस्थागत रुपमा होटल संघले ३० प्रतिशतसम्म छुटका साथै थप अन्य छुटको ब्यवस्था गरिरहेको उनले बताए । पर्यटक आदानप्रदान गर्ने रुपमा अभियान संचालन भएको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पोखरा पर्यटन विकासमा अन्य क्षेत्रलाई सिक्ने र सिकाउने रुपमा रहेको बताउँदै लुम्बिनी क्षेत्रलाई समेटेर अघि बढ्न सकेमात्र समग्र पर्यटन क्षेत्र पूरा हुने बताए ।

नाटा लुम्बिनीका अध्यक्ष सागर अधिकारी, होटल ब्यावसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडल, भरतराज पराजुली, हरि शर्मा गैरे, बच्चुराम तिवारी, संघका महासचिव राजेन्द्र ढकालले पोखरा, बुटवल र चितवनलाई एउटा गोल्डेन त्रिकोणका रुपमा विकास गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १ : ५२ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको