२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

अर्किड कपको तयारी पूरा



काठमाडौं । अर्किड स्कुलको आयोजनामा हुने छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

१३ फागुनदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको अर्किडका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सेभेन ए साइड फर्मेटमा हुने प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने अर्किडका अत्तिरिक्त कृयाकलाप शिक्षक सरोज तामाङले बताए । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

पत्रकार सम्मेलनमा प्रिन्सिपल कार्कीले संस्थागत विद्यालयबीच भाइचाराको सम्बन्ध अझ अभिबृद्धि गर्दै लैजानुका साथै विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको थालनी गरेको बताए ।

अर्किडका संयोजक नरेन्द्रप्रसाद पाण्डेयले जुनियर स्तरबाटै भविष्यका खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा अर्किडले जुनियर प्रतियोगितामा विशेष जोड दिदै आएको धारणा व्यक्त गरे ।

अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले कोरोना भाइरसका कारण अधिकांस समय मोबाइलमा व्यस्त रहने विद्यार्थीलाई चलायमान बनाउन र उनीहरुको मनोबल माथि उकास्न प्रतियोगिता महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । फाइनल फागुन २० गते हुने छ । पाँचौं संस्करणको उपाधि केभीएसले जितेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : २३ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका