९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

पार्टी निर्णयविपरीत बोल्ने भीम रावललाई स्पष्टीकरण सोध्नु पर्छ : महेश बस्नेत



धनगढी । एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसदमा आफ्ना धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसदको नियमविपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाए । ‘शून्य समयमा सांसदले आफ्ना धारणा राख्न पाइने व्यवस्थाविपरीत सभामुखले भीम रावललाई बोल्न दिएका छन्,’ बस्नेतले भने, ‘यो आपत्तिको विषय हो, रावलले पनि पार्टीको निर्णय विपरित संसदमा बोलेका छन्, यस विषयमा पार्टीको संसदीय दलमा पनि गुनासो छ, उहाँलाई स्पष्टीकरण सोधिनु पर्दछ ।’

नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा दलीय व्यवस्थाबारे जानकार नै नरहेको आरोप लगाए । ‘उहाँले गुरिल्ला शासन व्यवस्थाबारे अध्ययन गरेको जस्तो देखिन्छ,’ बस्नेतले भने, ‘त्यही व्यवस्थाअनुसार उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ, संसदीय व्यवस्थाअनुसार सभामुखको भूमिका निर्वाह गर्न उहाँ असफल हुनु भएको छ ।’

बस्नेतले प्रचण्ड र माधव नेपालका कारण एमसीसी गिजोलिएको बताए । प्रचण्ड र माधव नेपालले संसदमा एउटा र बाहिर एउटा बोल्दै एमसीसीलाई विवादको विषय बनाएको र उनीहरूकै कारण एमसीसी अन्तर्राष्ट्रियकरण भएको बताए । ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड, नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ,’ उनले भने, ‘दुईजनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लग्नु पर्दछ ।’

एमाले गठबन्धन कायम रहँदासम्म एमसीसीका विषयमा केही नबोल्ने बताउँदै उनले गठबन्धन नरहेमा आफ्ना धारणा राख्ने बताए । गठबन्धन कायमै रहेका वेला एमालले एमसीसी पारित गर्न सहयोग नगर्ने पनि उनले बताए । इन्चार्ज बस्नेतले आगामी चुनावमा माओवादीसँग तालमेल हुने कुनै सम्भावना नरहेको बताए । ‘एमालेलाई फुटाउने र आफ्नै सरकार ढालेर रमिता देखाउने माओवादीसँग हाम्रो तत्काल कुनै तालमेल हुँदैन,’ उनले भने, ‘प्रचण्डलाई एक्लाएरै छोड्छौं ।’

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १ : २६ बजे

बुटवल ईलिटमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम

बुटवल । बुटवलको शैक्षिक विकासमा योगदान दिएको नीजि क्षेत्रकै पुरानो

सुदूरपश्चिममा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुदूरपश्चिम । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार

नेपाल पत्रकार महासंघ रुपन्देहीको अपिल : निर्वाचनमा पत्रकारलाई भयरहित वातावरण सुनिश्चित गरियोस्

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले भय रहित बातावरणमा आसन्न

घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका