७ पुस २०८२, सोमबार | December 22, 2025

आजको मौसम : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, हिमपात पनि हुने



काठमाडौं । आज बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही क्षेत्रमा वर्षा भएको छ । पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका बाँकी पहाडी भू-भागमा बदली रहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको आँकलन गरिएको छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सूदूरपश्चिम,कर्णाली र प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : २१ बजे

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा