१६ भदौ २०८३, मंगलबार | September 1, 2026

एमसीसीको विरोधमा उभिन बुद्धिजिवी परिषद्को आह्वान



काठमाडौं । नेपाल बुद्धिजिवी परिषद् समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी)माथि भोलि (बिहीबार) संसदमा हुने छलफलमा विपक्षमा रहन आह्वान गरेकोे छ । उक्त प्रस्ताव नेपालको संविधानको प्रतिकूल, नेपालको राष्ट्रियताप्रति घातक र नेपाली स्वाभिमानलाई कमजोर पार्ने प्रकृतिको रहेकोले विपक्षमा उभिन परिषद्ले आह्वान गरेको हो ।

बुद्धिजिवी परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको जोडबलमा संघीय प्रतिनिधि सभामा एमसीसी प्रस्ताव दर्ता भई सकेकोमा हरेक स्वाभिमानी देशभक्त जनप्रतिनिधिले संसदमा बृहत् छलफल गरी राष्ट्रियतामाथि आँच आउने बँुदाहरू संशोधन गरेर मात्रै संसदबाट पारित गरिनु पर्छ । यसलाई संसदबाट जस्ताको तस्तै पारित गर्ने प्रस्ताव आए यसको विपक्षमा मतदान गर्न सम्पूर्ण स्वाभिमानी, देशभक्त, राष्ट्रप्रेमी जनप्रतिनिधिहरू समक्ष नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) हार्दिक अपिल गर्छ ।’

साथै, जारी विज्ञप्तिमा सम्पूर्ण देशभक्त बुद्धिजीवीहरूलाई राष्ट्र, राष्ट्रियता र देशको स्वाभिमानको पक्षमा एकजुट भई दृढतापूर्वक उभिन हार्दिक आव्हान गरिएको छ । एमसीसीका विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरी प्रसासनले गरेको दमनको घोर भर्त्सना गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न समेत परिषद्ले माग गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : १७ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त