१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

एमसीसीबारे अमेरिकालाई चीनको व्यंग : अल्टिमेटम दिएर उपहार स्वीकार्न बाध्य पार्ने जबरजस्ती कुटनीति



काठमाडौं । नेपालमा एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्नेबीच राजनीतिक दलहरु र आम जनता नै विभाजित भएको अवस्थामा उत्तरी मित्रराष्ट् चीनले यसबारे पुनः मुख खोलेको छ ।

चिनियाँ विदेशमन्त्रालयका सहायकमन्त्री एवं प्रवक्ता हुवा छुनयिङले अमेरिकाले नेपाललाई ५०० मिलियन डरलको धम्कीपूर्ण उपहार दिन लागेको भन्दै व्यंग गरेकी छिन् नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई ‘नेपालीलाई अमेरिकी जनताको उपहार’ भनेको छ,’ तर सँगसँगै नेपाललाई त्यो स्वीकार्न अल्टिमेटम पनि दिएको छ । ‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ? जबरजस्ती कुटनीति !

यसअघि बुधबार दिउँसो विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चाइना न्युज सर्भिसले नेपालसम्बन्धी सोधेको प्रश्नमा हुवाले नेपाललाई सो उपहार स्वीकार गर्न गाहो हुने जिकिर गरेकी थिइन ।

हुवाले कुनैपनि मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गरिनुपर्ने जनाएकी थिइन । उनले अन्तर्राष्ट्रिय सहकार्य आपसी सम्मान र समानताको आधारमा हुनुपर्ने चीनको मत रहेको पनि बताएकी थिइन । उनले भनेकी थिइन, ‘सम्बन्धित मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान हुनुपर्छ। सो मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन, कुनै राजनीति अंकुश गाँसिनु हुँदैन। जबरजस्तीको कूटनीति गर्नुहुँदैन ।

यसअघि गत फागनु ६ गते एमसीसी विवादबारे पहिलोपटक मुख खोल्दै चीनले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाएको थियो । विदेशमन्त्रालयका प्रवक्ता वाङ् वन पिनले अमेरिकाको धम्कीपूर्ण कुटनीतिको चीनले प्रतिवाद गर्ने जनाएका थिए ।

चीनको चेतावनी – नेपालमा अमेरिकाले सुरु गरेको ‘धम्की कुटनीति’को हामी प्रतिरोध गछौं

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : ४३ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका