१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीबारे छलफल प्रारम्भ हुँदै



काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ ।

आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भाविता कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवायलका प्रवक्ता रोजनाथ पाण्डेले जारी गरेको सम्भाविता कार्यसूचीमा एमसीसी सम्झौता छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने उल्लेख छ । फागुन ८ गते अर्थमन्त्री शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसद्मा टेबल गरेका थिए ।

प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यसमा एमसीसी सम्झौतामाथि दफाबार छलफल गर्ने वा आजै निर्णयार्थ प्रस्तुत गर्ने भन्ने तय गरिने भएको छ ।

नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । कांग्रेस सचेतक पुष्पा भुसालले आफ्ना सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको जानकारी दिइन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । बुधबार काठमाडौंमा बसेको लोसपा संसदीय दलको बैठकले संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । लोपसपाका १३ सांसद छन् ।

नेकपा (एकीकृत समाजवादी)ले यसको विपक्षमा उभिने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा पनि यसको विपक्षमै देखिएका छन् । जनता समाजवादी पार्टी (जसपा) पनि यसलाई पारित गर्ने पक्षमै छ । प्रमुख प्रतिपक्ष नेकपा ९एमाले० भने यस विषयमा निर्णय गर्न सकेको छैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : २८ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका