२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रुसद्वारा पूर्वी युक्रेनमा सैनिक अपरेशनको घोषणा, आत्मसमर्पण गर्न युक्रेनी सेनालाई पुटिनको चेतावनी



काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनवास क्षेत्रमा सैनिक अपरेशनको घोषणा गरेका छन् ।

रुसको राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनी सेनालाई आत्मसमर्पण गर्न र घर फर्किन आदेश दिएका छन् । रुसले युक्रेनसँग अझै पनि युद्ध नचाहेको दाबी गर्दै पुटिनले कुनै पनि रक्तपातको लागि युक्रेन स्वयं जिम्मेवार हुने चेतावनी दिएका छन् । उनले रुसी सशस्त्र सेनाले आफ्नो कर्तव्य पुरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय टेलिभिजनमा बिहानै सम्बोधन गरेका पुटिनले भने,  ‘हाम्रो योजना युक्रेन कब्जा गर्ने होइन, हामी आफूलाई कसैमाथि थोप्ने योजना छैनौं।’

यसअघि बुधबार पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्स्कको पृथकतावादी नियन्त्रित क्षेत्रका नेताहरुले त्यस क्षेत्रमा सैनिक पठाउन रुसलाई आग्रह गरेका थिए ।

पुटिनले सोमबार मात्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका थिए ।

रुसी कारवाहीको पश्चिमसहित धेरै देशले निन्दा गरेका छन् । एक हप्ताको बीचमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को दुई पटक बैठक बसेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ९ : ३४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको