७ श्रावण २०८३, बिहिबार | July 24, 2026

रुसद्वारा पूर्वी युक्रेनमा सैनिक अपरेशनको घोषणा, आत्मसमर्पण गर्न युक्रेनी सेनालाई पुटिनको चेतावनी



काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनवास क्षेत्रमा सैनिक अपरेशनको घोषणा गरेका छन् ।

रुसको राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनी सेनालाई आत्मसमर्पण गर्न र घर फर्किन आदेश दिएका छन् । रुसले युक्रेनसँग अझै पनि युद्ध नचाहेको दाबी गर्दै पुटिनले कुनै पनि रक्तपातको लागि युक्रेन स्वयं जिम्मेवार हुने चेतावनी दिएका छन् । उनले रुसी सशस्त्र सेनाले आफ्नो कर्तव्य पुरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय टेलिभिजनमा बिहानै सम्बोधन गरेका पुटिनले भने,  ‘हाम्रो योजना युक्रेन कब्जा गर्ने होइन, हामी आफूलाई कसैमाथि थोप्ने योजना छैनौं।’

यसअघि बुधबार पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्स्कको पृथकतावादी नियन्त्रित क्षेत्रका नेताहरुले त्यस क्षेत्रमा सैनिक पठाउन रुसलाई आग्रह गरेका थिए ।

पुटिनले सोमबार मात्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका थिए ।

रुसी कारवाहीको पश्चिमसहित धेरै देशले निन्दा गरेका छन् । एक हप्ताको बीचमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को दुई पटक बैठक बसेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ९ : ३४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी