९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

देउवासँग पुनः छलफलका लागि एमाले नेताहरु बालुवाटार जाँदै, रातिसम्म सहमति हुने सम्भावना



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पुनः छलफल हुने भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अब आफूहरु बालुवाटार जान लागेको जानकारी दिए । यस अघि आजै दिउँसो देउवा र ओलीबीच छलफल भएको थियो ।

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग छलफल गरेको थियो ।

एमाले र कांग्रेसबीच आजै रातिसम्म सहमति गरी भोलिसम्म नयाँ गठबन्धन बनाउने समझदारी भएको स्रोतले बताएको छ । जसरी पनि एमसीसी पारित गर्न अघि बढेका प्रधानमन्त्री देउवाले एमालको सबै सर्त मान्दै उसको सहयोगमा एमसीसी पारित गर्ने वातावरण बनाउन लागेका हुन् ।

एमालेको शर्त अनुसार देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन सहमत भएका छन् । देउवाको सन्देश लिएर आजै दिउँसो गृहमन्त्री बालकृष्ण खाँणले सभामुख सापकोटालाई भेट गरी पदबाट राजीनामा दिन आग्रह गरेका थिए । सभामुखले राजीनामा नदिए सहमतिको वातावरण नबन्ने भन्दै खाँणले सापकोटालाई राजीनामा या महाअभियोगको सामना गर्न चेतावनीयुक्त सन्देश दिएको बताइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ६ : ५६ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय