९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

कांग्रेस-एमाले छलफल : सरकारका प्रवक्ता भन्छन् – ‘प्रधानमन्त्रीको संसदको अवरोध खुलाउने प्रयास’



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफल सकिएको छ । बिहीबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा करिब २ घण्टा चलेको छलफलमा संसद सुचारु गर्ने विषयमा छलफल केन्द्रीत रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठक सकिएसँगै एमाले नेताहरु कुनै प्रतिक्रिया नदिइ बाहिरिएका थिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता सहभागी थिए ।

बैठकपछि सरकारका प्रवक्ता कार्कीले प्रधानमन्त्रीले ६ महिनादेखि अवरुद्ध संसद व्यवस्थित रुपमा सञ्चालन गर्न पहल गरेको जानकारी दिए ।

ुप्रधानमन्त्रीले ६ महिनादेखि अवरुद्ध संसद व्यवस्थित रुपमा सञ्चालन गरौं, सबैको सहयोगमा संसदबाट एमसीसीलाई अनुमोदन गरौं भन्नु भयोु उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीले पुरानै कुरा राख्नु भएको छ। जुन कारणले संसदमा प्रवेश गर्न सकेका छैनौं त्यसको निराकरण नहुँदा सम्म संसदमा आएर विचार राख्न कठिनाइ छ भन्नु भएको छ ।’

संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन यो वार्ता जारी रहने कुरामा नेताहरु सहमत भएको उनको भनाइ छ । समस्या समाधान चाँडै गर्नुपर्छ भन्नेमा नेताहरु सहमत भएपनि निष्कर्ष ननिस्किएको उनको भनाइ छ ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ९ : ३० बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय