७ श्रावण २०८३, बिहिबार | July 24, 2026

राष्ट्रसंघमा लगिएको युक्रेन सम्बन्धि प्रस्तावमा रुसद्वारा भिटो प्रयोग, सुरक्षा परिषदमा छलफल नहुने



काठमाडौं । पश्चिमी देशहरुले शुक्रबार राती संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा लगेको प्रस्तावको मस्यौदामाथि रुसले भिटो प्रयोग गरेको छ ।

रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणको निन्दा गर्ने प्रस्ताव पश्चिमी देशहरुले सुरक्षा परिषदमा लगेका थिए । उक्त प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने विषयमा रुसले भिटो प्रयोग गरेको हो ।

रुसले भिटो प्रयोग गरेसँगै अब सुरक्षा परिषदमा उक्त प्रस्ताव माथि छलफल हुनेछैन ।

राष्ट्रसंघको पाँच स्थायी सदस्यले भिटो प्रयोग गर्न पाउने अधिकार छ । अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स राष्ट्रसंघका स्थायी सदस्य हुन् ।

शुक्रबार राती नै सुरक्षा परिषद्का सदस्यहरुबीच प्रस्तावको पक्ष र विपक्षमा मतदान भएको थियो । मतदानमा चीन, भारत र युनाइटेड अरब इमिरेट्स ९युएई० अनुपस्थित रहेका थिए । बाँकी ११ देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

मस्यौदामाथि अब राष्ट्रसंघका १९३ सदस्य रहेको महासभामा जाने बताइएको छ ।

प्रस्तावमा सुरक्षा परिषदको गैरजिम्मेवार सदस्यले छिमेकी युक्रेनमाथि आक्रमण गरेको, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय प्रणाली बिगार्ने, शक्तीको दुरुपयोग गर्ने जस्ता आरोप रुसमाथि लगाइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : १९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी