१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

संघीय संसद सचिवालयबाट आइतबारको कार्यसूची सार्वजनिक, एमसीसी दोस्रो एजेण्डा



काठमाडौं । संघीय संसद सचिवालयले भोलि (आइतबार) बस्ने प्रतिनिधिसभाको सभावित सूची सार्वजनिक गरेको छ । आईतबार बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने विषयको सूचीमा एमसीसीमाथिको छलफल अघि बढाइने समेत एजेण्डा रहेको छ ।

सचिवालयले सार्वजनिक गरेको आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

आइतबार पनि प्रतिनिधिसभाको बैठक बस्नु अघि बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ । फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमसीसीलाई निर्णयार्थ प्रस्तुत गर्ने विषयमा ध्वनी मतकी मत विभाजन भन्ने विवाद कायम रहेपछि प्रधानमन्त्रीले बैठक स्थगित गर्न सभामुख सापकोटालाई आग्रह गर्न पठाएका थिए ।

सरकारमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल एमसीसीको विपक्षमा रहेका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदबाट जसरीपनि एमसीसी सम्झौता पास गराउने कसरतमा लागेको छ । देउवाले सत्ता गठबन्धनमा रहेका दल नै सो सम्झौताको विपक्षमा बसेपछि एमसीसी पास गराउन प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेका छन् । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा काँग्रेसका नेताहरु चरणबद्ध रुपमा बालकोट ओली निवास पुगेर एमालेसँग छलफल गरिरहेका छन् ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : ३४ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,