५ बैशाख २०८१, बुधबार | April 18, 2024

डलर होइन, स्वाभिमान रोजौँ : माओवादी केन्द्र मधेश प्रदेश



महोत्तरी । माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै एमसीसीको सशक्तविरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र मधेश प्रदेशले कुनै पनि बहानामा एमसीसी स्वीकार वा संसद्‍बाट अनुमोदन गर्न नहुने अडान माओवादी केन्द्रको यथावत् रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी राष्ट्रिय हितविपरीत र सार्वभौमसत्ताको विरुद्धमा भएकाले परिमार्जन र संशोधनविना समर्थन र संसद्‍बाट पास गर्न सकिँदैन ।’

एमसीसीलाई असफल बनाउन माओवादी केन्द्र निरन्तर लागिरहेको जिकिर गर्दै एमसीसीका विरुद्ध सबै देशभक्त नागरिकलाई आन्दोलनमा उत्रन पनि अपिल गरेको छ ।

त्यसैगरी प्रदेश कमिटीको गठन र घोषणालाई तत्काल सकेर अविलम्ब चुनाव लक्षित कार्यक्रमको तयारीमा जुट्ने पनि माओवादी केन्द्रले निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : ३७ बजे

१ लाख २० हजार घुस लिँदालिँदै जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल नेपालगन्जबाट पक्राउ

काठमाडौं । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति

रहेनन् पूर्वमुख्यसचिव शाक्य

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल

एकीकृत समाजवादीको महाधिवेशन सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । कवी तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर