१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

डलर होइन, स्वाभिमान रोजौँ : माओवादी केन्द्र मधेश प्रदेश



महोत्तरी । माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै एमसीसीको सशक्तविरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र मधेश प्रदेशले कुनै पनि बहानामा एमसीसी स्वीकार वा संसद्‍बाट अनुमोदन गर्न नहुने अडान माओवादी केन्द्रको यथावत् रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी राष्ट्रिय हितविपरीत र सार्वभौमसत्ताको विरुद्धमा भएकाले परिमार्जन र संशोधनविना समर्थन र संसद्‍बाट पास गर्न सकिँदैन ।’

एमसीसीलाई असफल बनाउन माओवादी केन्द्र निरन्तर लागिरहेको जिकिर गर्दै एमसीसीका विरुद्ध सबै देशभक्त नागरिकलाई आन्दोलनमा उत्रन पनि अपिल गरेको छ ।

त्यसैगरी प्रदेश कमिटीको गठन र घोषणालाई तत्काल सकेर अविलम्ब चुनाव लक्षित कार्यक्रमको तयारीमा जुट्ने पनि माओवादी केन्द्रले निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : ३७ बजे

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ