३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

आध्यात्मिक चिन्तनले निष्ठा र नैतिक समाज निर्माण गर्छ : सभामुख घर्ती



बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण बहादुर घर्तीले आध्यात्मिक चिन्तनले निष्ठा र नैतिक समाज निर्माण गर्ने बताएका छन् । महाशिवरात्री महोत्सवमा ब्रम्हाकुमारी ग्लोबल पिस रिट्रिट सेन्टर ढवाहले रुपन्देहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले योग र ध्यानले उच्च नैतिक समाज निर्माणमा टेवा दिने बताए ।

सभामुख घर्तीले आध्यात्मिक चिन्तनले समाज मात्र होइन समाजमा हुने विकृति र विसंगतिलाई हटाउन पनि मुख्य भुमिका खेल्ने दाबी गर्दै समाजमा हुने विकृति र विसंगतिलाई हटाउन योग र ध्यानलाई निरन्तरता दिनु पर्ने बताए ।

कार्यक्रममा ब्रम्हाकुमारीज नेपालका सह–निर्देशक ब्रम्हाकुमारी कमला दिदीले समाजमा रहेको दुव्र्यसनी तथा भ्रष्टाचारलाई निरुत्साहित गर्दैै उच्च नैतिक समाज निर्माणका लागी झाँकी तथा रथयात्रा सहित शिवरात्री विशेष कार्यक्रम गरिएको बताइन् । उनले रुपन्देहीका मुर्गिया शाखा, फर्साटिकर तथा बुटवल भैरहवा लगायत विभिन्न शाखाहरुमा आध्यात्मिक सन्देश सहितका कार्यक्रम सञ्चालन भएको जानकारी दिइन् ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : ५६ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय