२३ बैशाख २०८३, बुधबार | May 7, 2026

खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी



बुटवल । रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका गुमानसिंह कुँवर निर्वाचित भएका हुन् । एमालेका कुँवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित गठबन्धनका मोतिलाल ढकाललाई पराजित गरेका हुन् ।

कुँवर यसअघि पनि उक्त संस्थाको अध्यक्ष थिए । कुँवर सँगै सबै पदमा उनकै प्यानलका एमाले समर्थित उम्मेदवार विजयी भएका छन् ।

चुनावबाट उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्वाचित भएका छन् । सदस्यमा चक्रपानी न्यौपाने, अनिता कुँवर, उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी, रिमबहादुर ढेगा, विष्णुप्रसाद भट्टराई र रुकमाङगत भारती छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ०३ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा